२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर सूचिकृत भएको हो।
कम्पनीको स्टक सिम्बोल एमएबीईएल रहेको छ । कम्पनीको शेयर गत भदौ ८ गते बाँडफाँड भएको थियो। कम्पनीको आइपीओ लामो समयपछि सूचिकृत भएको हो ।
कम्पनीको शेयर भोली कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइ नियमित बजारमा कारोबार हुने भएको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij