Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निरञ्जनले छाडे नेप्से, एनआरएन जाने पक्का

निरञ्जनले छाडे नेप्से, एनआरएन जाने पक्का


  • 1.0K
    Shares

    निरञ्जनले छाडे नेप्से, एनआरएन जाने पक्का
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु उपप्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले पदबाट राजीनामा दिएका छन्। नेप्से सञ्चालक समितिले आइतबार फुयाँलको राजीनामा स्वीकृत गरेको हो। 

    नेप्से स्रोतले भन्यो, ‘फुयाँलले भदौको मध्यतिरै पदबाट राजीनामा दिएका थिए’, तर, जेनजी आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थिति र नेप्से कर्मचारीले थालेको आन्दोलनका कारण उनको राजीनामा स्वीकृत हुन ढिलाइ भएको हो।’

    स्रोतका अनुसार फुयाँल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा रहेका छन्। एनआरएनको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने स्रोतको भनाइ रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १२:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij