२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ ।
आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन बैंकको १ अर्ब ६६ करोडको संस्थापक शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij