Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते

धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते


  • 904
    Shares

    • images
    धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते

    काठमाडौं ।  गुल्मीको मालिका गाउँपालिकामा छोराले धारिलो हतियार प्रहार गरी बुवाको हत्या गरेका छन् । मालिका–३, म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार (कात्तिक १५) ५२ वर्षीय बुवा धनबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए ।

    भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार, घटनास्थलमै धनबहादुरको मृत्यु भएको थियो ।

    दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ । गुल्मी अस्पतालमा उनको प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ११:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij