Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु


  • 967
    Shares

    धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

    धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पतिपत्नीकै मृत्यु हुँदा उनीहरूका छोराछोरी भने गम्भीर घाइते भएका छन्।

    शनिबार साँझ सात बजेतिर विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिए। 

    पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो।

    ‘दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ४ भरतपुरका अन्दाजी ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर र रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटो रिक्सा चालक सोही ठाउँका ४० वर्षीय डम्बर राईको मृत्यु भएको हो,’ डीएसपी बमले भने, ‘दुर्घटनामा ज्यान गुमाउने रमेशका पतिपत्नीका छोराछोरी गम्भीर घाइते छन्।’

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुका १४ र ९ वर्षीया छोराछोरीको  जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ०८:२४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij