Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एमालेमा फर्कन कुनै आपत्ति छैन, ओलीले ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल

एमालेमा फर्कन कुनै आपत्ति छैन, ओलीले ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल


  • 1.1K
    Shares

    एमालेमा फर्कन कुनै आपत्ति छैन, ओलीले ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्।

    शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुग्नु भएका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्। पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उनले बताए।

    खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे। केपी शर्मा ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने उल्लेख गरे।

    उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।

    images
    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - १६:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij