Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस


  • 785
    Shares

    स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
    images

    काठमाडौं । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।

    सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो । 

    प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लगि सुझाव दिएको हो ।   

    भेटपछि एक विज्ञप्ति जारी गरी सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै सङ्घले मानवस्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ  । 

     सङ्घले भनेको छ, “सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाकको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरु जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ । यसका लागि पहल होस्”,।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १३:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij