Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मनास्लु पदमार्गमा ढुंगाले लागेर पर्यटक घाइते

मनास्लु पदमार्गमा ढुंगाले लागेर पर्यटक घाइते


  • 1.2K
    Shares

    • images
    मनास्लु पदमार्गमा ढुंगाले लागेर पर्यटक घाइते

    काठमाडौं । मनास्लु पदमार्गमा ढुंगाले लागेर एक स्वदेशी पर्यटक गम्भीर घाइते भएका छन् ।

    सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुव्री गाउँपालिका–५ बिहीनजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनु इन्द्र लम्साल घाइते भएको प्रहरीले जनाएको छ।

    उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए। 

    ‘हिडिरहेको अवस्थामा बाटोमाथिबाट एक्कासी ढुंगा खसेर लागेछ,’ उनले भने, ‘उनीहरुसँग गएका साथीहरुले खवर गरेपछि इलाका प्रहरी कार्यालय लार्केबाट हाम्रो टोलि त्यहाँ पुगेको हो।’ 

    बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलिसहित प्रहरी घटनास्थल पुगेको उनले जानकारी दिए। हेलिकप्टरबाट उद्धारका लागि पहल भएपनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेको बताइएको छ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १५:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij