Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

अदुवा खानुका फाइदा मात्रै होइन, बेफाइदा पनि छन्

अदुवा खानुका फाइदा मात्रै होइन, बेफाइदा पनि छन्


  • 309
    Shares

    अदुवा खानुका फाइदा मात्रै होइन,  बेफाइदा पनि छन्
    images

    काठमाडौं । जाडो याम सुरु भएको छ । तरकारीदेखि चियासम्म अनि खोकीदेखि रुघाखोकीसम्मको उपचारमा अदुवाको प्रयोग गरिन्छ ।   यसमा पाइने जिन्जेरोलले विभिन्न स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन मद्दत गर्छ । 

    यसको सेवन केही मानिसहरूका लागि हानिकारक हुन सक्छ । अदुवाको अत्यधिक सेवनले शरीरलाई हानि पुर्‍याउन सक्छ । आजको यस लेखमा हामी अदुवा खानु नहुने केही मानिसबारे कुराकानी गर्नेछौँ ।

    पाचनस् अदुवाले गर्मी गराउँछ । अत्यधिक सेवनले पेटमा जलन, ग्यास वा एसिडिटी बढाउन सक्छ, जसले गर्दा बान्ता हुने, डकार आउने र छाती पोल्ने समस्या हुन्छ । त्यसकारण, पहिले नै यी अवस्थाहरूबाट पीडित व्यक्तिहरूले धेरै मात्रामा अदुवा सेवन गर्नबाट जोगिनुपर्छ ।

    न्यून रक्तचापस् अदुवामा भएका यौगिकहरूले रक्तसञ्चारलाई गति दिन सक्छन् र रगत पातलो बनाउने काम गर्छन् । कुनै व्यक्तिलाई पहिले नै रक्तचाप न्यून छ भने अदुवा सेवनले यसलाई अझ कम गर्न सक्छ, जसले गर्दा चक्कर लाग्ने, थकान हुने वा बेहोस हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ । त्यसैले, कम रक्तचाप भएकाहरूले डाक्टरसँग परामर्श गरेपछि मात्र अदुवा सेवन गर्नुपर्छ ।

    गर्भवती महिलाहरूस् अदुवाले हार्मोनल प्रभाव पार्न सक्ने भएकोले गर्भावस्थाका महिलाहरूले अदुवाको सेवन सन्तुलित मात्रामा मात्रै गर्नुपर्छ । गर्भवती महिलाहरूले धेरै कम मात्रामा र चिकित्सकको परामर्शमा मात्रै अदुवा सेवन गर्न सिफारिस गरिन्छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ११:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij