Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

‘वरिष्ठ बलराम’ले ५ दिनमा कति कमायाे ?

‘वरिष्ठ बलराम’ले ५ दिनमा कति कमायाे ?


  • 351
    Shares

    ‘वरिष्ठ बलराम’ले ५ दिनमा कति कमायाे ?
    images

    काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । 

    कात्तिक ६ गते भाइटीकाको दिनबाट प्रदर्शनमा आएको ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिएका छन् ।

    चलचित्रले उठान गरेको भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले बताएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’मा  दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

    चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । चलचित्रमा मनकृष्ण महर्जनको छायांकन छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ०७:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij