Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

देशभर वर्षा र हिमपातको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

देशभर वर्षा र हिमपातको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह


  • 610
    Shares

    देशभर वर्षा र हिमपातको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह
    images

    काठमाडौं । देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।  

    पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ । विभागले जारी गरेको बुलेटिनअनुसार आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ ।

    यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    यसैगरी विशेषगरी, एक-दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।

    विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । 

    566370572_2065008920927511_3373037475736286677_n_Qe7BSBb6sh.png

     

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १३:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij