२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा दुई मन्त्री थपिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा। सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन् । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।
शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिएपनि शपथ रोकिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij