२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर
प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने, ‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५-७ वटा घर टहरा रहेका छन्, तिनीहरू हटाउन डोजरको प्रयोग भएको हो,।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij