Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ


  • 470
    Shares

    माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ
    images

    काठमाडौं । माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका छन् ।   

    जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न गएक ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।


    माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। 

    स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ। नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन्। 

    जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले  स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको दाबी गरे। उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए। 

    ‘हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ। तर हामीलाई रोकियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति पाएनौँ, दिइएन,’ खनालले भने। 

    प्रकाशित मिति :कार्तिक ८ २०८२ शनिवार - १४:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij