२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । भक्तपुरको सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ । सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ ।
सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दिपावली उत्सव स्थल बनाउन नपाइने सूचनामा उल्लेख गरीएको छ ।
देउसीभैलो लगायतका कार्यक्रम राति ९ बजेसम्म मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्न अनुरोध गरिएको छ भने साथै देउसीभैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न समेत आह्वान गरिएको छ ।
प्रशासनले जारी गरेको सूचना विपरीत कसैले गैरकानूनी कार्य गरेरगराइएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij