Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

के हो साढे सातको दशा, कुन राशिलाई कस्तो असर पार्छ ?

के हो साढे सातको दशा, कुन राशिलाई कस्तो असर पार्छ ?


  • 239
    Shares

    के हो साढे सातको दशा, कुन राशिलाई कस्तो असर पार्छ ?
    images

    काठमाडौं । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ । बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रहमान्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पुजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

    ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुने दशा हो, साढेसाती । शनिको दशा र बक्र  शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। 

    अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले ।शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।

    तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ । साढे साती दशाले राशिअनुसार फरकफरक असर देखाउछ ।

    जान्नुहोस् कुन राशिमा के असर पार्छ ?

    मेष राशि: शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।

     वृष राशि: शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।

    मिथुन राशि: शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।

    कर्कट राशि: शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।

    सिंह राशि: शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्याउनू ।

    कन्या राशि: शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू

    तुला राशि: शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धन समेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।
    वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।

    धनु राशि: शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।

    मकर राशि: साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुनेहुँदा सुझाव लिएर काम गर्नू

    कुम्भ राशि: साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू

    मीन राशि: साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।
    शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - ०७:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij