२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् ।
शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताउएका छन्।
उनले बिरामी भइ उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गरेका छन् ।
उनले भने, ‘२० वर्षको साथीहरुले ७५ हजारको र ३० वर्ष माथिकोले एक लाखको इन्स्योरेन्स गरिएको छ । बिरामी भएर डाक्टरको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा पुग्नुपर्ने बताउनु भयो । ३० दिनभित्रमा चलचित्र विकास बोर्डमा आइसक्नुपर्छ । हामी यो वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा काम गरिरहेका छौँ । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई पनि कटौति गरी ति सबै चिजहरु स्तरोन्नतिमा खर्च गर्नेछौँ ।’
उनले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरुका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij