Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

सेनाको रिपोर्ट: जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी, ३ जना प्रहरी

सेनाको रिपोर्ट: जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी, ३ जना प्रहरी


  • 1.7K
    Shares

    सेनाको रिपोर्ट: जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी, ३ जना प्रहरी
    images

    काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो । 

    बाँकी रहेका मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिएका छन् । 

    आन्दोलन ४८४ स्थानमा भएको पनि थापाले बताएका छन् । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । 

    यसैगरी आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ । सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १५:४८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij