Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु

भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु


  • 1.1K
    Shares

    • images
    भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ ।

    मंगलवार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सो सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिनुभयो । उहाँले गरिव किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारेका छन् । 

    अध्यक्ष दंगालले भने, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ । र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं ।’ 

    प्रदर्शनीमा सरकारविरुद्ध चर्को नाराबाजी पनि गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १७:२७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij