Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार


  • 197
    Shares

    शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९.४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ ।

    आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो भने हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटेको छ । 

    28.JPG

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १५:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij