Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

हर्कसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

हर्कसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात


  • 379
    Shares

    हर्कसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात
    images

    काठमाडौं । दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ ।

    निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार  दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ ।

    दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ । कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था हुनुपर्छ । यी विवरणसहित निवेदन दिएपछि निर्वाचन आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात समेत बुझाउनुपर्ने भनिएको छ ।

    यही व्यवस्था अनुसार निवेदन दिएका तीन वटै दलसँग आयोगले थप कागजात मागेको हो ।

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई विधानको व्यवस्थाबारे स्पष्ट हुनुपर्ने भनेर थप कागजात मागिएको छ । नागरिक पार्टी र उज्यालो नेपालसँग पाँच सय जनाको हस्ताक्षर नपुगेको भनेर विवरण माग गरिएको हो ।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - ११:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij