Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मधेस प्रदेशमा शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा

मधेस प्रदेशमा शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा


  • 218
    Shares

    मधेस प्रदेशमा शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा
    images

    काठमाडौं । मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मन्त्री तिवारी सोमबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन् ।

    मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् । 

    लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट नेपाली कांग्रेस, नेकपा एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । 

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij