Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार


  • 2.0K
    Shares

    • images
    सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

    नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय लियो ।

    समग्र बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडको भयो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ८ को स्थिर रह्यो ।

    अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे ।

    नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ९.९, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८, बुटवल पावरको ८.९८, सीईडीबी होल्डिङ्सको ८.४५ प्रतिशत मूल्य बढ्यो ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५, समता लघुवित्तको ३.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स छन् ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १५:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij