Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन


  • 1.2K
    Shares

    • images
    चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान चाड तिहार र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ। 

    विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्नका लागि व्यापारिक सङ्घ, सङ्गठन, व्यवसायी, उपभोक्तावादी सङ्घ र उपभोक्ताहरूको महत्त्वपूर्ण योगदान आवश्यक छ।’

    यस्तै नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहार र दीपावलीमा प्रयोग गरिने भाइ मसला, तामा, चाँदीका भाँडा तथा झिलिमिली उज्यालो बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका अन्य विभिन्न वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जानकारी दिएको छ।

    उपभोक्ताहरूलाई कुनै गुनासो भएमा यस विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन अनुरोध गरिएको छ।

    capture_EQjciQkNUT.png

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १३:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij