Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इजरायलस्थित नेपाली राजदूतले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायलस्थित नेपाली राजदूतले दिए विपिन जोशी जीवित नरहेको जानकारी


  • 1.4K
    Shares

    • images
    इजरायलस्थित नेपाली राजदूतले दिए विपिन जोशी जीवित नरहेको जानकारी

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन्।

    राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्। उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताएका छन्।

    राजदूत पण्डितले भने, हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्, त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।

    विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए। राजदूत पण्डितले शवको विषयमा कहिले प्राप्त गर्ने भन्ने विषय पनि स्पष्ट नभएको बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १२:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij