Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

हमासले सार्वजनिक गर्‍यो आज रिहा हुने २० जीवित बन्धकहरूको सूची, छैन विपिनको नाम

हमासले सार्वजनिक गर्‍यो आज रिहा हुने २० जीवित बन्धकहरूको सूची, छैन विपिनको नाम


  • 729
    Shares

    हमासले सार्वजनिक गर्‍यो आज रिहा हुने २० जीवित बन्धकहरूको सूची, छैन विपिनको नाम

    काठमाडौं । हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

    जसलाई आज (सोमबार, २७ असोज) रिहा गर्ने तयारी गरिएको छ। सूचीमा ती २० जना बन्धक समावेश छन्, जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो।

    द टाइम्स अफ इजरायलका  अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम छैन।

    अमेरिकाको मध्यस्थतामा इजिप्टमा भएको वार्तामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको समय भने दिउँसो २:४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।

    बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यसप्रकार छन् :

    बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

    images
    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - ११:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij