Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

श्रीनगर एग्रीटेकको आइपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

श्रीनगर एग्रीटेकको आइपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?


  • 1.4K
    Shares

    • images
    श्रीनगर एग्रीटेकको आइपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओमा आजबाट आवेदन दिन सकिन्छ । कम्पनीले आज असोज २६ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। बिक्री प्रबन्धक नबिल इम्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको छ।

    उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    यस आइपीओको निष्काशन बन्द छिटोमा असोज २९ गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुने भएको छ। 

     

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - ११:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij