Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

मौसम पूर्वानुमान

नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना

नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना


  • 1.4K
    Shares

    नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । शुक्रबारदेखि नेपालबाट मनसुन बाहिरिएको हो ।

    महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - ०७:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij