२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । शुक्रबारदेखि नेपालबाट मनसुन बाहिरिएको हो ।
महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij