Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


  • 6.3K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । 

    ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको मन्त्रिपरिषदको बैठकमा निति कार्यक्रम र बजेटमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    प्रधानमन्त्री ओलीलाई कांग्रेस, माओवादी र एमालेभित्रको माधव पक्षले सहयोग नगर्ने र जसपा पनि तटस्थ बन्ने अवस्थामा विश्वासको मत पाउने सम्भावना देखिदैन ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संसदको सबैभन्दा ठुलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा सपथ खानेछन् ।

    प्रधानमन्त्री ओली वैकल्पिक सरकार बन्न दिने र देशलाई निर्वाचनमा लग्ने योजनामा छन् । केही गरी बैकल्पिक सरकार बने बजेट ल्याउने र आफु प्रतिक्षमा बस्ने उनको तयारी छ ।

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १३:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij