२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न अनुमति नदिने भएको छ। प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो।
युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली र आयोजना गर्ने घोषणा गरेको थियो । तरकाठमाडौं जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरेर शनिबार काठमाडौं जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र सभा गर्न खोजेको भए पनि शान्ति सुरक्षाको स्थिति बनाइराख्नका लागि अनुमति नदिएको उल्लेख गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् । स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij