Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बीपी राजमार्ग खुलाउन निर्माणकार्य तीव्र, भोलिसम्म पूर्णरूपमा खुल्ने

बीपी राजमार्ग खुलाउन निर्माणकार्य तीव्र, भोलिसम्म पूर्णरूपमा खुल्ने


  • 603
    Shares

    बीपी राजमार्ग खुलाउन निर्माणकार्य तीव्र, भोलिसम्म पूर्णरूपमा खुल्ने
    images

    काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गतको सडकखण्ड खुलाउन मर्मत कार्य तीव्र पारिएको छ ।

    रोशी खोलाको बाढीले गत वर्ष मर्मत गरिएको डाइभर्सनसमेत बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा बन्द भएको थियो । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्गका विभिन्न प्याकेजमा डाइभर्सन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    प्याकेज १ अन्तर्गत दाप्चा पुल, चारसयबेँसी, कटुञ्जे घुमाउने खण्डको डाइभर्सन निर्माण कार्य सम्पन्न भएको छ । चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माणको काम आज (बिहीबार) नै सकिने नबकान्तिपुर जोइन्ट भेन्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।

    प्याकेज २ अन्तर्गत गिम्दीबेँसीदेखि डल्लाबेँसीसम्मको डाइभर्सन सडक पनि आजै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्तीसम्मको डाइभर्सन सडक निर्माण भोलि (शुक्रबार) सम्म सक्ने र त्यसपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने डिभिजन सडक भक्तपुरले जनाएको छ ।BP-Highway2.jpg

     

    BP-Highway1.jpg

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १६:१४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij