Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्र बैंकले हटायो २५ करोडको शेयर कर्जा सीमा

राष्ट्र बैंकले हटायो २५ करोडको शेयर कर्जा सीमा


  • 666
    Shares

    • images
    राष्ट्र बैंकले हटायो २५ करोडको शेयर कर्जा सीमा

    काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटाएको छ । योसँगै बैङ्कले व्यक्तिलाई दिन पाउने २५ करोडको सेयर कर्जा सीमा हटेको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा आज सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको भन्ने व्यवस्था हटाएको हो।

    धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्वयवस्था गरेको छ ।

    यस्तै, यस अघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था भने हटाइएको छ ।

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १४:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij