२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । काठमाडौंमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो।
यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ । हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् । बिरलै पाइने एक विशेष प्रजातिको फूल हाँडीगाउँको जात्रामा चाहिन्छ । त्यस्तै सो क्षेत्रमा एउटा मात्र इनार छ, जहाँको पानी यो जात्रामा मात्रै चढाउने चलन छ ।
यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ । किंवदन्ती अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij