Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रमुख आयुक्तलगायतको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन

प्रमुख आयुक्तलगायतको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन


  • 582
    Shares

    प्रमुख आयुक्तलगायतको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
    images

    काठमाडौं । जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

    आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

    प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताएका छन् ।

    जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

    gen-z-akhtiyar_nepal-photo-library-(6)_lKgdikwFX5.jpg

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - ११:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij