Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते


  • 1.2K
    Shares

    पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते
    images

    काठमाडौं । पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

    मृतकहरूको सनाखत हुन बाँकी रहेको छ भने घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिएका छन् । 

    शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो । मे १ ज ३०५५ नम्बरको पिकअप भ्यान सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - १४:३६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij