Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको तयारी

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको तयारी


  • 9.5K
    Shares

    राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्।

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।

    प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

    प्रधानमन्त्री ओलीले आज ११/१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ। तयारीअनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिएका थिए।

    राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि आज नै संसदको विशेष अधिवेशन अन्त्य गर्ने तयारी छ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ०९:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij