Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

तुइनखोलाको पहिरो पूर्ण रूपमा हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

तुइनखोलाको पहिरो पूर्ण रूपमा हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक


  • 533
    Shares

    तुइनखोलाको पहिरो पूर्ण रूपमा हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक
    images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।

    विभागले जारी गरेको सूचनामा भनिएको छ, “मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरो सफा गरिएको छ र अब दुबै तर्फका सवारीसाधन सहजै सञ्चालनमा आउनेछन्।”

    विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो।

    सडक खुलेसँगै अहिले चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।

    मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फि संचालनमा आयो ।

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ०५:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij