२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् ।
बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।
भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे ।
प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij