२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् ।
‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।
शीतल निवास स्रोतले बताए अनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच फागुनका लागि तोकिएको चुनावी तयारबारे कुरा भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij