Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपालमा कोरोना नियन्त्रणमै छ भनेर प्रधानमन्त्री ओलीले सीएनएनमा झुटो बोल्नुभयो : डा. महत

नेपालमा कोरोना नियन्त्रणमै छ भनेर प्रधानमन्त्री ओलीले सीएनएनमा झुटो बोल्नुभयो : डा. महत


  • 6.3K
    Shares

    नेपालमा कोरोना नियन्त्रणमै छ भनेर प्रधानमन्त्री ओलीले सीएनएनमा झुटो बोल्नुभयो : डा. महत

    काठमाडौँ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

    यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

    उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे ।

    आईतबार आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दे नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे।

    नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पुर्णरुपमा असफल भएको आरोप लगाए ।

    उनले कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आईरहँदा पनि सरकार पुरै असंवेदनशील र अर्कमण्य भएको टिप्पणी गरे ।

    यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले सीएनएनमा दिएको एक अन्तर्वार्तामा नेपालमा कोरोना नियन्त्रणमा रहेको बताएका थिए ।

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij