२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य रहेको छ। हिजो सुनको मूल्य तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij