Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपालीलाई भिजिट भिसा रोक र वर्किङमा कडाइ गरेपछि दूतावासको आग्रह: यूएईको नियम पालना गरिदिनुस्

नेपालीलाई भिजिट भिसा रोक र वर्किङमा कडाइ गरेपछि दूतावासको आग्रह: यूएईको नियम पालना गरिदिनुस्


  • 1.4K
    Shares

    नेपालीलाई भिजिट भिसा रोक र वर्किङमा कडाइ गरेपछि दूतावासको आग्रह: यूएईको नियम पालना गरिदिनुस्

    नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीलाई त्यहाँको नियम पालना गर्न आग्रह गरेको छ।

    मंगलबार अत्यन्त जरुरी सूचना प्रकाशित गरी दूतावासले संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधै मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट रही आफु बसोबास गर्दै आएको मुलुकको युएईको नियम, कानून, मूल्य मान्यता र अनुशासन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ।

    ‘बिगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा,बैंकिङ्ग कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियमको र ट्राफिक नियमको उलङ्घन, फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गैरहेको देखिन्छ’ दूतावासले भनेको छ, ‘ यी सबै विषयहरु युएईको कानून तथा नियम अनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरुमा सचेत हुन तथा बिशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ।

    हालै भएको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई यूएईले भिजिट भिसा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ।

    553216358_1341903400781798_6197170605302853836_n_fk8DH7beT8.jpg

    images
    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - ०७:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij