Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आकासियो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

आकासियो सुनको मूल्य, बनायो नयाँ रेकर्ड


  • 449
    Shares

    आकासियो सुनको मूल्य,  बनायो नयाँ रेकर्ड
    images

    काठमाडौं । एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । 

    जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो । 

    यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो । 

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - ११:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij