२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँगको सहकार्यमा सेलिब्रेसन विथ एससीटीु अफर सुरु गरेको छ। यो अफर असोज ६ गते घटस्थापनादेखि कार्तिक १० गते छठसम्म लागू हुने भएको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले देशभरिका बिगमार्टका १२० भन्दा बढी शाखाहरूमा एससीटी-युनियनपे कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्नेछन्। एक पटकको भुक्तानीमा अधिकतम रु १०० छुट पाइनेछ। यो सुविधा लिनका लागि पीओएस मेसिनबाटै भुक्तानी गर्नुपर्नेछ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij