Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित

अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित


  • 1.0K
    Shares

    • images
    अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अन्तिम मूल्य गणना विधि परिवर्तन गर्ने भएको छ । 

    नेप्सेले मंगलबार देखी अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने भएको हो। नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै स्थगित गर्न लागेको नेप्सेले बताएको छ।

     लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए। हिजो शनिबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो।

    परिवर्तित व्यवस्था आइतबार प्राविधिक परीक्षण गर्नुपर्ने भएकोले आजदेखि लागू हुने छैन । भोलि सार्वजनिक बिदा भएका कारण पर्सिदेखि मात्रै यो व्यवस्था कार्यान्वयनमा लैजान लागिएको पराजुलीको भनाई रहेको छ ।

    बिहीबार सेयर बजारमा नकारात्मक सर्किट लाग्दै समय अगावै कारोबार बन्द भएको थियो। सोपछि अर्थमन्त्री खनालले पुँजी बजारको विसङ्गति अन्त्य गर्न भन्दै कार्यदल गठन समेत गरेका थिए । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १०:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij