२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२\८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ ।
बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिएका छन् ।
वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरवालोकन गर्नुपर्ने भएको मन्त्री तामाङले बताएका छन् ।
बिहीबार साँझ हेटौंडामा बसेको सर्वदलीय बैठकले पनि प्रदेश सरकारको खर्च कटौती गर्ने निर्णय गरेको थियो । सरकारले बजेटको पुनरावलोकनबाट खर्च कटौती, प्रशासनिक संरचनाको हेरफेरलगायतका काम गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij