Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नर्भिक इन्टरनेशनल हस्पिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल

नर्भिक इन्टरनेशनल हस्पिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल


  • 1.0K
    Shares

    • images
    नर्भिक इन्टरनेशनल हस्पिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५,००,००० कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

    नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु-विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ ।

    यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ । अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानीको साथ, बिरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गरेका छन् ।

     

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १६:५३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij