Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार ६९९ रूपैयाँ

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार ६९९ रूपैयाँ


  • 911
    Shares

    • images
    चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार ६९९ रूपैयाँ

    काठमाडौं । सरकारले चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

    नयाँ निर्धारणअनुसार, चिया बगानका श्रमिकले मासिक १० हजार ९६ रुपैयाँ आधारभूत पारिश्रमिक र ५ हजार ६०३ रुपैयाँ महङ्गी भत्तासहित कुल १५ हजार ६९९ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् । दैनिक ज्याला ५६५ रूपैयाँ र प्रति घण्टा ७० रूपैयाँ तोकिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले समेत दैनिक ७० रूपैयाँ भत्ता पाउनेछन् ।

    यो पारिश्रमिकको अतिरिक्त, श्रमिकले श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रम सम्झौता र नियुक्तिपत्र, सञ्चयकोष र उपदानलगायतका सुविधा अनिवार्य रूपमा प्राप्त गर्नेछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार पाएका निकायले पनि यो सूचनामा तोकिएभन्दा कम नहुने गरी पारिश्रमिक निर्धारण गर्नुपर्नेछ ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १५:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij