Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आगजनीपछि पालमुनि इजलास राखेर सञ्चालनमा आयो सर्वोच्च

आगजनीपछि पालमुनि इजलास राखेर सञ्चालनमा आयो सर्वोच्च


  • 1.1K
    Shares

    • images
    आगजनीपछि पालमुनि इजलास राखेर सञ्चालनमा आयो सर्वोच्च

    काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीबाट ध्वस्त पारिएको सर्वोच्च अदालत लयमा फर्कने प्रयास गरिरहेको छ।

    विध्वंशपछि सर्वोच्चमा पहिलो पटक आज दुई वटा इजलासमा जम्मा दुई वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गरेको छ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीका बेग्लाबेग्लै इजलासमा रिटहरू परेका थिए। सर्वोच्च परिसरमा जलाइएका गाडीहरूको थुप्रो हटाएर पाल टाँगी त्यहीँभित्र इजलास सञ्चालन गरिएको हो।

    काठका सामान्य कुर्सी-टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र त्यहीँ नजिकै कानुन व्यवसायी बस्ने व्यवस्था गरिएको थियो।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १३:२९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij