Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह

जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह


  • 988
    Shares

    जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन्।

    बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन्।

    उनले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिएका छन्। यसमा सरकार र राजनीतिक दलहरु सतर्क हुनुपर्ने उनको भनाइ छ ।

    नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने बताएका छन् । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको बताएका छन् ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १०:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij